ओम डेभलपमेन्ट बैंकको ५३ औं शाखा संचालनमा • Image Khabar Image Khabar


ओम डेभलपमेन्ट बैंकको ५३ औं शाखा संचालनमा


Imagekhabar
६ असार २०७५, बुधबार ०७:५२

ओम डेभलपमेन्ट बैंकको ५३ औं शाखा संचालनमा

काठमाडौं, असार ६ । पोखरा मूख्य कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले काठमाडौंको न्यूरोडमा आफ्नो ५३ औं शाखा संचालनमा ल्याएको छ ।

शाखाको बुधबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरेका हुन् ।

गर्भनर श्रेष्ठले बैंकको यस शाखा विस्तारले यस क्षेत्रका ग्राहकवर्गलाई थप सेवा पुग्ने र उपभोक्ताहरु लाभान्वित हुने विश्वास व्यक्त गरे ।

बैंकको हाल २ लाख ३१ हजार ग्राहकसंख्या पुगेको जनाइएको छ ।

बैंक गत आर्थिक बर्षमा १६ अर्ब निक्षेप संकलन र १४ अर्ब कर्जा लगानी गरी ३९ करोड बढी खुद नाफा गर्न सफल भएको पनि जनाइएको छ । प्रस्तावित १७ प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको कूल चुक्ता पूँजी २ अर्ब ५१ करोड पुग्ने जनाइएको  छ ।

 

प्रतिक्रिया दिनुहोस्