Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नयाँ दल निर्वाचनपछि सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्नेमा ऊर्जामन्त्री घिसिङकाे जाेड


247
Shares

काठमाडाैं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू आगानमी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ।

काभ्रेपलाञ्चोकको बनेपामा साेमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उहाँले यस्ताे बताउनुभएकाे हाे। विकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्नेमा उहाँकाे जाेड छ।

मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्न समेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने बताउनुभयाे।

Skip This