Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


एमालेले उम्मेदवारको अन्तिम नामावली राति साढे ८ बजे सार्वजनिक गर्ने

उम्मेदवारउपर उजुरी लिने समय ७ देखि ८ बजेसम्म तोकियाे

910
Shares

काठमाडौं। नेकपा एमालेले पार्टीकाे ११ औं महाधिवेशनमा उम्मेदवारको अन्तिम नामावली साेमबार राति साढे ८ बजे बजे प्रकाशन गर्ने भएकाे छ।

एमालेकाे महाधिवेशन निर्माण गर्न बनेकाे निर्वाचन आयोगले साेमबार साँझ एक सूचना जारी गर्दै राति साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो। उम्मेदवारउपर उजुरी लिने समय ७ देखि ८ बजेसम्म तोकिएको छ।

आयोगले जारी गरेको तालिका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेसम्म विद्युतीय मेशीनमा मतदान हुने भएकाे छ ।