Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


एमालेका नेता गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने


1.6k
Shares

काठमाडौं। नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिनुहुने भएकाे छ।

११औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उहाँले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएकाे हाे।

सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताउनुभयाे।