काठमाडाैं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्रकाे १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य रहेकाे बताउनुभएको छ।
महानगरले सोमबार टुँडिखेलमा आयोजना गरेको महानगर दिवसको अवसरमा आयोजित समारोहलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। उहाँले २ खर्ब रुपैयाँ मूल्य बराबरको उक्त जग्गा फिर्ता गराउने लक्ष्य राखेको बताउनुभयाे।उहाँले आफूहरु निर्वाचित भएर आएपछि २३ अर्ब रुपैयाँ मूल्य बराबरको २ सय ८ रोपनी बढी सार्वजानिक जग्गा फिर्ता गरेको गराउनुभएकाे छ। उहाँले सार्वजानिक जग्गा फिर्ता ल्याउने कार्यमा सबैको सहयोग रहने उहाँले अपेक्षा व्यक्त गर्नुभयो। महानगरले २ अर्ब ८६ करोड रुपैयाँ बराबरको पूर्वाधार योजना सम्पन्न गरेको उहाँकाे भनाइ छ।
धुलोरहित कार्यक्रम अन्तर्गत ५५ वटा सडक सुधार र ६२ वटा चोकमा हाई मास लाईट जडान गरिएको उहाँले बताउनुभयो। सडक बत्तीको गुणस्तर वृद्धि गर्न र रात्रिकालिन शहरी सौन्दर्य बढाउन ५ हजार ३ सय १८ वटा पोलमा १३ हजार ३ सय ४० वटा बत्ती राखेर शहरलाई उज्यालो बनाउन लागिएको पनि उहाँले जानकारी दिनुभएकाे छ। महानगरले करिब ९१ करोड लागत बराबरको सम्पदा संरक्षण काम गरिएको समेत मेयर शाहले बताउनुभयो।
महानगरले १ हजार ८६ जना विपन्न नागरिकलाई उपचार गर्न सिफारिस गरेको र २ सय १० जनालाई निःशुल्क उपाचार गरिएको पनि मेयर शाहले बताउनुभएकाे छ।





प्रतिक्रिया दिनुहोस्