Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


एमाले महाधिवेशनमा ओली–पोखरेल प्यानलबीच प्रतिस्पर्धा


1.3k
Shares

काठमाडौं । नेकपा (एमाले) को जारी ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नै प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका छन्।

संस्थापनइतर पक्षबाट अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डे उम्मेदवार बन्ने टुंगो लागेको छ।

उपाध्यक्षमा गोकर्ण विष्टसहित परशुमेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल प्रतिस्पर्धामा छन् भने उपमहासचिवमा योगेश भट्टराई उम्मेदवार हुनेछन्।

सचिव पदका लागि रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैर र इन्द्रलाल सापकोटाको नाम चर्चामा छ।