Logo २९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025


क्यानलाई आईसीसीको बधाई


273
Shares

काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ क्यानलाई नेपाल प्रीमियर लिग (एनपीएल) को दोस्रो संस्करण सफल रुपमा सम्पन्न गरेकोमा बधाई दिएको छ ।

आईसीसी अध्यक्ष जय शाहले नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेख्दै एनपीएल योजना र कार्यान्वयनको लागि बधाई दिएका हुन् ।

यस वर्षको प्रतियोगिताले संगठन र प्रदर्शन गरिएको क्रिकेटको गुणस्तर दुवै हिसाबले उल्लेखनीय बेन्चमार्क स्थापित गरेको पत्रमा उल्लेख छ । लिगको सहज सञ्चालन, टोलीहरूको उत्साहजनक सहभागिता र देशभरका प्रशंसकहरूको अत्याधिक समर्थन तपाईंको मार्गदर्शनमा गरिएको कडा परिश्रम र समर्पणको प्रमाण भएको शाहले लेखेका छन् ।

‘नेपाल प्रिमियर लिगले अन्तर्राष्ट्रिय क्रिकेट समुदायमा नेपालको स्थितिलाई पनि बलियो बनाएको उल्लेख गर्दै शाहले यस्ता उपलब्धिहरूले तपाईंको नेतृत्वमा नेपालमा क्रिकेट कुन सकारात्मक दिशामा अगाडि बढिरहेको छ भन्ने कुरालाई प्रतिबिम्बित गर्ने पनि जनाएका छन् ।