काठमाडाैं ।
नेकपा एमालेको ११ औँ महाधिवेशन एक दिन लम्बिने भएको छ ।
मंसीर २७ देखि २९ गतेसम्ममा सक्ने भनिएको महाधिवेशन एक दिन थपिएर पुस १ गते मात्रै सम्पन्न हुने भएको हो । निर्वाचन कमिटीले आज साँझ निर्वाचन कार्यक्रम प्रकाशित गर्दै पुस १ गते माक्रै नेतृत्व चयनका लागि मतदाता गर्ने कार्यत्रम कार्यतालिका सार्वजनिक गरेको हो ।
निर्वाचन कार्यक्रम अनुसार आज साँझ मतदाता नामावली प्रकाशन गरिएको छ भने मतदाता नामावलीमाथि दाबी विरोध गर्ने समय भोलि विहान ८ देखि ९ बजेसम्मलाई तोकिएको छ । भोलि सवा दश बजे अन्तिम मतदाता नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको छ भने साढे १० देखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारको मनोनय गर्ने समय तोकिएको छ । त्यस्तै उम्मेदवारको अन्तिम नामावली प्रकाशन भोलि साँझ ६ बजे गरिनेछ ।
मंगलबार पुस १ गते विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय छुट्याइएको छ । मतदान सकिएलगत्तै मत गणना गर्ने जनाइएको छ ।
विद्युतीय मतदान हुने भएकाले मत गणनामा समय नलाग्ने दाबी गरिएको छ । यसअघि भृकुटी मण्डपमा आज दिउँसो ३ बजेदेखि बन्द सत्र शुरु गरिएको थियो । बन्दसत्रमा विभिन्न प्रतिवेदनहरु पेश गरिएको थियो भने ती प्रतिवेदनहरुमाथि छलफलको औपचारिकता पुरा पारित गरिएको थियो ।
२२ सय ६२ प्रतिनिधिहरु सहभागी बन्दसत्रमा अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई अवधारणा राख्न दिइएको थियो । बन्दसत्रलाई सम्बोधन गर्दै पोखरेलले नेकपा एमाले पार्टी, कम्युनिस्ट आन्दोलन र मुलुकलाई थप नोक्सान हुन नदिन ओलीलाई नेतृत्वबाट बिदा लिन आग्रह गर्नुभयो । नेतृत्वबाट बिदा लिएर संरक्षक वा अभिभावक बनेर राजनीतिक नेतृत्व प्रदान गर्न समेत पोखरेलले ओलीलाई आग्रह गर्नुभयो ।
ओलीको उधौली सुरू भएको भन्दै पोखरेलले यो उधौलीले ओली स्वयं, एमाले पार्टी र मुलुकलाई नोक्सान गर्ने चिन्ता छाएको छ भन्नुभयो । पोखरेलले गत भदौ २२ गते सम्पन्न भएको विधान महाधिवेशनको निष्कर्ष गलत सावित भएको भन्दै यसो हुनुमा आन्तरिक कारण हो कि बाह्य भन्ने जवाफ खोज्नुपर्ने बताउनुभयो ।






प्रतिक्रिया दिनुहोस्