काठमाडौं ।
साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेकाे छ ।
विहान केही बेर सामान्य अंकले बढेपछि घट्न थालेको बजार परिसूचक नेप्से १२ दशमलव ५० अंकले घेटेर २५ सय ९४ दशमलव ८७ विन्दुमा झरेको हो ।
नेप्सेमा रहेका १३ वटा उपसमूहमध्ये यस दिन बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको बाहेक अरु सवै उपसमूहहरुमा गिरावट आएको छ । जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक करिब १ प्रतिशत घटेका छन् ।
परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ । आज दिनभरमा ३३० स्टकको एक करोड १२ लाख ७२ हजार कित्ता शेयर ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।
घटेको बजारमा पनि स्वस्तिक लघुवित्त र एसवाई प्यानलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । तर सिटि होटलको शेयरमूल्य यस दिन सर्वाधिक ६.२६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज कुमारी बैंकको संस्थापक शेयर सर्वाधिक २६ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।





प्रतिक्रिया दिनुहोस्