Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


एमालेका उपाध्यक्षद्वय शाक्य र ज्ञवालीले छाडे सक्रिय राजनीति


2.7k
Shares

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

७० वर्षे उमेर हदको वकालत गर्दै आएका दुवै नेताले केन्द्रीय कमिटीको आज बसेको अन्तिम बैठकमा चालु ११औं महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

दुवै नेताले उमेर हदको निर्णय लागू गर्न र अध्यक्ष केपी शर्मा ओलीलाई पनि राजनीतिबाट बिदा हुन आग्रह गर्दै आएका थिए । सक्रिय राजनीतिबाट अलग बसे पनि अनुभवका आधारमा सल्लाहकारको भूमिकामा भने पार्टीमा रहने पनि उनीहरुले बताएका छन् ।