Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रहरी महानिरीक्षक कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिंदाको भाँडो, नचाहिंदाको ठाँडो बनाइन्छ’

'देशमा हुने सबै किसिमका आन्दोलनमा प्रहरी सधैं तारोमा पर्ने'

520
Shares

काठमाडाैं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैं तारोमा पर्ने गरेको बताउदै गुनासो गर्नुभएको छ।

काठमाडाैंमा आइतबार जेनजी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो। प्रहरीलाई ‘चाहिंदाको भाँडो, नचाहिंदाको ठाँडो’ बनाउने गरिएको उहाँको भनाइ छ। उहाँले प्रहरीमाथि आक्रमण गर्ने प्रवृत्तिलाई रोक्न र शान्ति सुव्यवस्था कायम राख्न नागरिक र प्रहरीको साझेदारीमा काम गर्न मातहतका कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो।

जेनजी आन्दोलनको क्रममा ध्वस्त बनाइएको कार्यालयको संरचना पुनर्निर्माण गरिएको हो।