Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


नेपाली बजारमा आज सुनको मूल्य उच्च बिन्दुमा

सुन प्रतिताेला कतिमा हुँदैछ काराेबार ?

962
Shares

काठमाडाैं। नेपाली बजारमा आइतबार सुनको मूल्य उच्च दरले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य आइतबार २ हजार २ सय रुपैयाँले बढेको जनाएकाे हाे। आइतबार सुन प्रतितोला बढेर २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा काराेबार भएको थियाे।

महासंघले आइतबार चाँदीको मूल्य भने घटेको छ। चाँदी आइतबार प्रतितोला ८० रुपैयाँले घटेको हाे । चाँदी आइतबार घटेर ताेलामा ३ हजार ८ सय २५ रुपैयाँ काराेबार भइरहेकाे छ। शुक्रबार चाँदी प्रतितोला ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियाे।