Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एनपीएल : उत्कृष्ट खेलाडी बनेका रोहितले पाए कार


3k
Shares

काठमाडौँ । च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा शनिबार नेपाली तर्फको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ जित निकाल्दै उपाधि चुमेको हो।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई छ विकेटले पराजित गर्‍यो। नेपाली राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहितले एनपीएल दोस्रो सिजनमा २ सय ७६ रन बनाए। फाइनलमा उनले १२ बलमा १६ रन जोडे।

दुवै सिजन जोड्दा रोहितको कुल रन ५ सय ५५ पुगेको छ। बलिङतर्फ पनि उनी प्रभावशाली रहे। फाइनलमा उनले १२ रन खर्चेर तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे। यस सिजन उनले कुल १० विकेट लिएका छन्।

उत्कृष्ट खेलाडी चुनिएसँगै रोहितले जेइको जे–५’ एसयूभी पुरस्कारसमेत जिते। उनी एनपीएलको इतिहासमै सर्वाधिक रन बनाउने खेलाडी हुन् ।