Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


एनपीएल सिजन -२ को उपाधी लुम्बिनी लायन्सलाई


689
Shares

काठमाडाैं ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटियो ।

लुम्बिनी एनपीएलको नयाँ च्याम्पियन बन्दा सुदूरपश्चिम रोएल्स लगातार दोस्रो पटक उपविजेतामै समेटिएको छ ।

फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै पूरा गर्दै च्याम्पियन बनेको हो ।