Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


यस्तो छ एमाले अध्यक्ष केपी ओलीले गरेको सम्बोधनको पूर्णपाठ


468
Shares

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी अजम्बरी रहेको दाबी गर्नुभएको छ ।
शनिवार भक्तपुरको सल्लाघारीस्थित तीनकुनेमा आयोजित पार्टीको ११ औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उहाँले मुलुकमा लोकतन्त्र अजय रहेको र एमाले अजम्बरी रहेको जिकिर गर्नुभएको हो ।

अध्यक्ष ओलीले जेन-जी आन्दोलनप्रति लक्षित गर्दै एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्नेहरुका सामु धुवाँ, खरानी र निषेधका प्रहारहरुलाई चिर्दै पार्टीको महाधिवेशनमा जनसागर उर्लिएकाले पनि एमाले अजम्बरी बनेको आपःका ढुक्कका साथ भन्नसक्ने अवस्था आएको बताउनुभयो । उहाँले उद्घाटन समारोहमा भएको उपस्थितिले आफूलाई गौरवान्वित बनाएको समेत बताउनुभयो ।