काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजय र नेकपा एमाले अजम्बरी रहेको बताएका छन् । भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।
तीन महिनाअघिका कठिन र भयावह दिनहरू सम्झँदै ओलीले देश आततायी गतिविधिबाट जलाइएको अवस्था रहेको उल्लेख गरे । संविधान, लोकतन्त्रलगायतका आधारभूत राजनीतिक संरचनामाथि भीषण हमला गरिएको उनको भनाइ थियो ।
जनआन्दोलनपछि पुराना नेता र दलको भूमिका समाप्त भयो भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै ओलीले त्यसलाई महाधिवेशनमा देखिएको विशाल जनसागरले चिर्दै अगाडि बढेको बताए । धुवा, खरानी र निषेधका बीच पनि जनताको अपार समर्थन देखिएको उनको दाबी छ ।
‘त्यसैले लोकतन्त्र अजय छ र नेकपा एमाले अजम्बरी छ,’ ओलीले भने, ‘देश र सम्पूर्ण जनतालाई समृद्ध र सुखी बनाउने हाम्रो गन्तव्यतर्फ हामी दृढतापूर्वक अघि बढिरहेका छौँ।’ एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने कुरा केवल नारा वा स्टन्ट नभई व्यवहारमै साकार पारेर देखाइने ओलीले दाबी गरे ।





प्रतिक्रिया दिनुहोस्