काठमाडाैं ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन आवेदन दिएका दलहरुका लागि कूल ९३ वटा निर्वाचन चिह्न कायम भएको आयोगले जनाएको छ । समानुपातिक प्रणालीका लागि एक सय दलले आवेदन दिएका थिए ।
जसमध्ये दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्नमा भाग लिने भएपछि ९३ चुनाव चिन्ह कायम गरिएको हो । २०७९ सालको प्रतिनिधिसभा सदस्यको चुनावमा प्राप्त गरेको समानुपातिक मतका आधारमा आयोगले क्रमसङ्ख्या र चुनाव चिह्न प्रदान गरिएको जनाएको छ ।
अरुका हकमा दर्ताका आधारमा चिह्न प्रदान गरिएको छ । आयोगले पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौँमा हलो, छैटौँमा ढल्केको छाता, सातौँमा लाउड स्पिकर चुनाव चिह्न निर्धारण गरेको छ ।





प्रतिक्रिया दिनुहोस्