Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एनपिएल फाइनल आज: सुदूरपश्चिम र लुम्बिनी उपाधिका लागि भिड्दै


494
Shares

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको फाइनल खेल आज हुँदैछ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच उपाधि भिडन्त शनिबार अपराह्न साढे ३ बजेदेखि सुरु हुनेछ।

पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो। लुम्बिनीले भने इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगरलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

लिग चरणमा सुदूरपश्चिम शीर्ष स्थानमा रहँदा लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफ पुगेको थियो। लिग चरणमा सुदूरपश्चिमसँग पराजित लुम्बिनी आज बदला लिँदै पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। पहिलो संस्करणको उपविजेता सुदूरपश्चिम पनि यसपालि च्याम्पियन बन्ने दाउमा छ।

लुम्बिनीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।

सुदूरपश्चिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।