काठमाडौं ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभुति हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
शुक्रवार अपरान्ह सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उहाँले सञ्चारकर्मीमाझ सो कुरा बताउनुभएको हो । नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोडन आफूले कठोर कदम चाल्ने घोषणा समेत गर्नुभयो ।
स्पेशल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उहाँको भनाई थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो,‘संगठित किसिमका जति पनि गिरोहहरु छन । तिनीहरुलाई पक्कै कठोर कारबाही गर्नुपर्छ । र, हामीेले जुन मिडियामा देखिराखेका छाै। यो जालो तोडनै पर्छ ।
यसका लागि एकखाले मेरो अनुभवले काम गर्छ भन्ने मलाई लागिराखेको छ । यसका लागि सहकार्य गर्नका लागि सम्बन्धित गृह प्रशासन र प्रहरीका साथीहरुसँग पनि मैले सहकार्य गर्नुपर्ने हुन्छ । स्पेशल टास्कफोर्स बनाएर पनि जान सकिन्छ कि । अव हामीलाई धेरै लामो लामो भाषण गरेर भन्दा पनि एक्शन आम नागरिकलाई सुशासनको प्रत्याभूति कम्तिमा अनुभूत गरुन् भन्ने किसिमले काम गर्ने योजना छ ।
ताकि उनीहरुले सरकारले केही ग¥यो भन्ने अनुभुति गरुन् ।’ मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रम सम्बन्धि अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्