कठमाडौं। पाल्पा-२ बाट नेपाली कांग्रेसका पाँच जना उम्मेदवार सिफारिस भएका छन् ।
कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा-२ बाट नेवि संघकी पूर्व महामन्त्री महेश्वरी कुँवरको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ उम्मेदवारका लागि कुँवरको सिफारिस गरिएकाे हाे ।
उहाँसँगै अन्य चार जना पनि सिफारिस भएका छन्, जसमा जिल्ला सभापति हिमाल धात श्रेष्ठ, विर बहादुर राना, कृष्ण बस्याल र मिना पन्थी रहेका छन्।





प्रतिक्रिया दिनुहोस्