काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएको छ ।
विस्तारका कारण सवारी आवागमनमा असुविधा भएपनि स्थानीय सरोकारवालाहरूसँग समन्वय गरी काम अघि बढाइएको छ ।नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिसँग सम्झौता भएर शुरु भएको थियो ।

मूल रूपमा २०७९ साउन २२ गते सम्पन्न गर्ने लक्ष्य राखिएको यो परियोजना एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालित छ । तर विभिन्न प्राविधिक र मौसमी अवरोधका कारण काममा ढिलाइ हुँदा हालसम्म चार पटक म्याद थप गरिएको छ । तेस्रो पटक २०८२ साउन ८ सम्म र चौथो पटक २०८३ असारसम्म म्याद बढाइएको हो ।

कुल सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६र६ मिटर सर्भिस लेन र दाउन्ने क्षेत्रको १४ किलोमिटरमा तीन लेन निर्माण हुनेछ ।

पूर्वी खण्ड ९गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर० मा ३३ वटा पुल निर्माण सकिएको छ । दाउन्ने क्षेत्र पूर्वी खण्डको सबैभन्दा चुनौतीपूर्ण भाग मानिन्छ । यहाँको साँघुरो सडक र पहाडी भूगोलका कारण विस्तारमा ढिलाइ भएको थियो ।









प्रतिक्रिया दिनुहोस्