काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र सहायक निरीक्षक पदमा नयाँ भर्ना खुलाएकाे छ।
शुक्रबार एक सूचना जारी गर्दै प्रहरी निरीक्षकमा २१ र सहायक निरीक्षकमा ४ सय ३८ जनाको लागि आवेदन आह्वान गरिएको हो। योग्यता पुगेका नागरिकले प्रहरी निरीक्षकमा आगामी माघ ५ गतेसम्म आवेदन दिन सक्ने जनाइएकाे छ।
साथै सहायक निरीक्षकमा भने माघ ८ गतेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख गरिएकाे हाे।






प्रतिक्रिया दिनुहोस्