Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


बन्द हायात होटल पुनर्निर्माण अवधिभर कर्मचारीलाई न्यूनतम तलब दिने


299
Shares

काठमाडौं ।
बौद्धस्थित हायात रिजेन्सी होटल र कर्मचारीबीच होटल पुनर्निर्माण अवधि एक वर्षसम्म नेपाल सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक प्रदान गर्ने सहमति भएको छ।

२४ भदौमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएपछि होटल बन्द भएको थियो। व्यवस्थापनका अनुसार ठूलो भौतिक क्षति भएकाले पूर्ण मर्मत सम्भारपछि मात्रै पुनः सञ्चालन सम्भव छ।

सहमतिअनुसार होटलले बन्द अवस्थामै कर्मचारीको पारिश्रमिक तथा सामाजिक सुरक्षा कोषमा योगदान उपलब्ध गराउनेछ। मर्मत सकिएपछि सहमतिमा बसेका कर्मचारीलाई पुनः काममा फर्काइने बताइएको छ, जबकि सहमतिमा नआउनेका लागि श्रमिक कटौती प्रक्रिया अघि बढाइनेछ।