Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


एमाले अध्यक्ष ओलीले आज सम्पादकहरुसँग छलफल गर्दै


260
Shares

काठमाडौं ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरूसँग छलफल गर्दैछन्।

कोटेश्वरस्थित पार्टी प्यालेसमा सम्पादकहरूसँग आज दिउँसो १ बजे छलफल अन्तरक्रिया कार्यक्रम रहेका बताइएकाे छ ।

‘महाधिवेशन लगायत विषयमा अन्तरक्रिया गर्ने गरी अध्यक्ष छलफल राखिएकाे बताइएकाे छ ।

बुधबार पोखरेलले पनि सम्पादकहरूसँग अन्तरक्रिया गरेका थिए। अध्यक्ष ओलीले आज आफूलाई प्रस्तुत गर्न लागेका हुन्ए मालेको ११ औं महाधिवेशन आउन अब दुई दिन मात्रै बाँकी छ। शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन सत्र हुनेछ। बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने गरी तय गरिएको छ।