Logo २४ माघ २०८२, शनिबार | Sun Feb 8 2026


विश्वासको मत लिने मधेशका नवनियुक्त मुख्यमन्त्री यादवकाे तयारी

विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडको टुंगो लगाइने

377
Shares

काठमाडाैं। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले यहि मंसिर २६ गते शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएको छ।

यस अघि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने भनिए पनि उहाँको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको हाे। गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुत्त हुनुभएका यादवले मंसिर २१ गते ३ जना मन्त्रीसहित पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको थियो।

उहाँसँगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए। विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुंगो लगाइने मुख्यमन्त्री यादवले बताउनुभयाे।