Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको स्वास्थ्यमन्त्री गौतमकाे दावी


78
Shares

काठमाडाैं। स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको बताउनुभएको छ।

काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो। मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्नुभएकाे छ। उहाँले त्यसको सम्मानका साथ आफूहरुले एकचित्त भएर काम गरिरहेको बताउनुभयो। सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाइ छ। मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत उहाँले बताउनुभयो।

मन्त्री गौतमले मानसिक स्वास्थ्यका लागि सबै ठाउँमा आवश्यक औषधि उपचारको व्यवस्था मिलाउने कामलाई पनि आफूले प्राथमिकताका साथ अघि बढाएको बताउनुभयो।