Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


एमालेले महाधिवेशनमा नेपालका कांग्रेससहित १६ वटा राजनीतिक दललाई दियाे निम्तो

नयाँ दर्ता भएका राजनीतिक दललाई भने एमालेले किन गरेन निम्तो ?

2.8k
Shares

काठमाडाैं। नेकपा एमालेले नेपालमा रहेका १६ वटा राजनीतिक दलहरूलाई महाधिवेशन उद्घाटन सत्रमा शुभकामना सन्देश दिन निम्तो गरेको छ।

नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, परिवार दल, राष्ट्रिय जनमोर्चा र नेकपा मालेसहितका १६ राजनीतिक दललाई महाधिवेशन उद्घाटन सत्रमा निम्ताे दिएको एमालेले जनाएकाे हाे। त्यस्तै, एमालेले भर्खरै खुलेका नयाँ दलहरूलाई भने महाधिवेशनमा बोलाएको छैन। नागरिक उन्मुक्ति पार्टी नेपाल, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल र प्रगतिशील लोकतान्त्रिक पार्टीलाई निम्तो नदिइएको नेताहरूले बताएका छन्।

एमालेले महाधिवेशन उद्घाटनमा शुभकामना दिन यसपालि विदेशी पाहुनाहरूलाई नबोलाउने भएको छ। तर विदेशी पाहुनाहरूबाट शुभकामना सन्देश भने मगाइएको नेताहरूले बताएका हुन्। एमालेको ११ औं महाधिवेशन यहि मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा हुने भएकाे छ।