Logo ४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026


पार्टीकाे नेतृत्वमा ओलीको विकल्प छैन: सचिव भट्ट

नेतृत्वको सल्लाह अनुसारनै आफूले पार्टीको जिम्मेवारी लिने

247
Shares

काठमाडाैं। नेकपा एमालेका सचिव लेखराज भट्टले पार्टीको नेतृत्वको केपी शर्मा ओलीको विकल्प नभएको बताउनुभएको छ।

काठमाडौंमा मंगलबार आयोजित सञ्चारकर्मीसँगको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। मुलुकको राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान रअखण्डतालाई बलियो बनाउनका लागि पनि ओलीलाई नेतृत्वमा निरन्तरता दिएर अघि बढ्ने निष्कर्षमा पुगिएको उहाँकाे भनाइ छ। सचिव भट्टले नेपाललाई समृद्ध बनाउने र सबै नेपाली जनतालाई खुशी बनाउने ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न पनि ओलीलाई पार्टीले नेतृत्वमा स्वीकार गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयाे।

सचिव भट्टले आफूले नेतृत्वको सल्लाह अनुसारनै पार्टीको जिम्मेवारी लिने योजना बनाएको पनि बताउनुभएकाे छ।