काठमाडाैं। भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताउनुभएको छ।
काठमाडाैंमा मंगलबार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै यस्ताे बताउनुभएकाे हाे। उहाँले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताउनुभएको छ। उहाँले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिनुभयो। उहाँले रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको बताउनुभएकाे छ।
मन्त्री घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाई पनि कारबाही गरिनुपर्ने बताउनुभयो। बजेट खर्च गराउने काममा अर्थमन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उहाँको भनाइ छ। मन्त्री घिसिङले निर्माण व्यवसायीहरुमा पनि धेरै समस्या रहेको बताउनुभयो। उहाँका अनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरु ज्वाइन्ट भेन्चरमा दिन्छन् ।
त्यसरी दिनु राम्रो भएता पनि परिणाममुखी काम भने हुन सकेको छैन। उहाँले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्याक्टर समिट गर्न जरुरी रहेको बताउनुभयो। कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरुको प्रगति कमजोर भइरहने उहाँको भनाइ छ।
मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने बताउनुभयो।





प्रतिक्रिया दिनुहोस्