Logo २३ मंसिर २०८२, मंगलबार | Tue Dec 9 2025


एनपीएलकाे आज पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै


247
Shares

काठमाडौं।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स खेल्दैछन । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा अपराह्न ४ बजेबाट सुरु हुनेछ ।

यस खेलको विजेता टोली सोझै फाइनलमा प्रवेश गर्नेछ । यो खेलमा पराजित हुने टोलीले फाइनलमा प्रवेशका लागि दोस्रो अवसर प्राप्त गर्नेछ ।

पराजित हुने टोलीले काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सबिच खेलिने एलिमिनेटर खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरको विजेता पहिलो पहिलो क्वालिफायरको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम रोयल्सले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।

७ खेलमध्ये ६ मा जित र १ खेलमा हार बेहोर्दै टोलीले १२ अङ्क बटुलेर तालिकामा शीर्ष स्थानमा रहँदै क्वालिफायरसम्मको यात्रा तय गरेको हो ।

पहिलो सिजनमा पनि सुदूरपश्चिमले लिग चरणमा एक खेल हारेर शीर्ष स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । अघिल्लो वर्ष पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई हराएर फाइनलमा स्थानमा बनाएको थियो । तर, फाइनलमा जनकपुरले सुदूरलाई स्तब्ध बनाउँदै उपाधि हात पारेको थियो ।

सिजनको तुलनामा विराटनगरले भने यो वर्ष राम्रो प्रदर्शन गर्यो । छैटौँ स्थानमा रहँदै पहिलो सिजनको एनपीएल सकेको विराटनगरले यो वर्ष टोलीले ७ खेलमध्ये ५ खेलमा जित र २ खेलमा हार बेर्होर्दै १० अंकका साथ क्वालिफायरमा पुग्यो ।