Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


प्रधानमन्त्री कार्कीले जनमत संग्रहकाे बारेमा आगामी पुस २ गते निर्णय गर्ने: दुर्गा प्रसाई


2.7k
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा साेमबार साँझ उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा प्रसाईले प्रधानमन्त्री कार्कीसँग जनमत संग्रहको विषयमा संवाद गर्नुभएकाे छ। जनमत संग्रहकाे बारेमा प्रधानमन्त्री कार्कीले आगामी पुस २ गते निर्णय दिने बताएको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईले बताउनुभयाे ।

संरक्षक प्रसाईको समूहले प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था र हिन्दु राज्य लगायतका मागहरु समावेश गरिएकाे छ।