इलाम, असोज ७ । इलामको चुलाचुली गाउँपालिकामा कार्यरत् नायब सुब्बा जगत कोइरालाको क्रेनको ठक्करबाट मृत्यु भएको छ ।
इलाम सदरमुकामस्थित जिरो किलोमिटरबाट कार्यालय जानेक्रममा झापाको कनकाई नगरपालिकाको सुरुंगामा आइतबार बिहान ९ः४५ बजे पूर्वबाट पश्चिम जाँदै गरेको ना१क ३७२९ नम्बरको जेसीबी क्रेनले पछाडिबाट कोइराला चढेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते कोइरालाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको सुरुंगा ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक टेकहादुर बस्नेतले बताए ।
क्रेनको ठक्करबाट कोइराला चढेको मे५प ६६६४ नम्बरको मोटराइकल क्षतविक्षत भएको छ । क्रेनका चालक फरार छन् । रासस
प्रतिक्रिया दिनुहोस्