काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन आगामी शनिबारदेखि शुरु हुने भएकाे छ।
महाधिवेशनपछि आफ्नो उपस्थिति के मा त भन्ने विषयले एमालेका नेता तथा कार्यकर्ताको सरगर्मी पनि बढेको हाे। प्रतिनिधि छनोटदेखि अन्य प्राविधिक पक्षमा काम भइरहँदा पनि नेतृत्व चयनको विषय केन्द्रमा छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्ष प्रतिस्पर्धामा उत्रिने भनिएता पनि कस्तो समीकरण बन्छ भन्ने स्पष्ट रुपरेखा भने तय भइसकेको छैन।
विधान महाधिवेशनदेखि नै दुई कार्यकाल र ७० वर्षे उमेरहद हटाएर अगाडि बढेका केपी शर्मा ओली तेस्रो पटक अध्यक्ष बन्ने तयारी गर्दै गर्दा वरिष्ठ उपाध्यक्षको ईश्वर पोखरेलले पनि अध्यक्षकै दावी गरेका छन् । १० औं महाधिवेशनमा ओलीको इतरमा देखिए पाखा लाग्नुपर्ने अवस्था बनेको भन्दै नेता कार्यकर्ता खुल्न भने डराइनै रहेका छन् । त्यति हुदाँ हुँदै पनि चितवन महाधिवेशन जस्तो सर्वसम्मत अध्यक्ष हुने अवस्था अहिले नरहेको संस्थापन इतरका सचिव योगेश भट्टराईले बताउनुभयाे।
पोखरेललाई अगाडि बढाउन चाहाने पक्षलाई पूर्वराष्ट्रपति भण्डारीको समेत साथ छ। उहाँले पार्टीमा सक्रिय हुन ओलीले रोकेको भन्दै सार्वजनिक रुपमै विरोध समेत गर्दै आउनुभएको हाे। तर संस्थापनमा खुलेका नेता तथा कार्यकर्ताले अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिमा ओली बाहेकले पार्टी हाक्न नसक्ने महासचिव शंकर पोखरेलकाे दावी छ।
अहिले ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्न नसक्ने निष्कर्षमा पुगेका उपाध्यक्ष विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताहरुले १२ औं महाधिवेशनका लागि पदाधिकारीदेखि केन्द्रीय समितिमा कसलाई पुराउँदा सजह हुन्छ भन्ने रणनीति अख्तियार गरेका छन् । यो बुझेका ओलीले सकेसम्म विधानमा हेरफेर गरेर भएता पनि अर्को पक्षलाई सहमतिमा ल्याउने रणनीति पनि अबलम्बन गरेको देखिन्छ। तर बाहिर यो पक्षले खुलेरै उहाँको विकल्प नरहेको प्रचार नेताद्वय ऋषिकेश पोखरेल र खिमलाल भट्टराईले गरेकाे छन्।
यसरी ओली पक्षका नेता कार्यकर्ताहरुले उहाँको विकल्प सोचेका छैनन् । तर नेता व्यवस्थापनको विषयमा भने ओलीका लागि अप्ठ्यारो छ। दोस्रो तहका नेताहरुले आफूले सम्झौता गरे पनि आफ्नो पक्षका नेताहरुलाई स्थापित गर्ने रणनीति लिएका छन् । जसले गर्दा भित्रभित्रै तयारी गर्ने र अन्तिम समयमा मात्रै कस- कसलाई अगाडि बढाउने त भन्ने विषय सार्वजनिक गर्ने रणनीतिमा ओली देखिन्छन।
त्यस्तै, अर्को पक्षले पनि नेता व्यवस्थापनमा उदारता देखाउने स्थितिसम्म ओलीको रणनीतिलाई हेरेर मात्रै अगाडि बढ्न खोजेको छ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्