Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेसमा ललितपुरको जित


156
Shares

काठमाडौं। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा आठौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ।

प्रतियोगितको पहिलो दिन आइतबार शीर्ष खेलाडीसम्मिलित २२ टोलीले प्रतिस्पर्धा गरेका हुन् । पहिलो खेलमा आयोजक ललितपुर स्पोर्ट्स क्लबले काठमाडौं चेस क्लबमाथि जित निकालेको छ। ललितपुर महानगरपालिका टिमले भक्तपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेको हाे। त्यस्तै, साविक विजेता थापाथली चेस पार्कले सुदुरपश्चिम बुद्धिचाल संघलाई, दोलखा चेस होमले गोदावरी नगरपालिकलाई र पेभिलोन चेस एकेडेमले ललितपुर जिल्ला बुद्धिचाल संघलाई पराजित गरेकाे छ।

त्यस्तै, मध्यपुर थिमि नगर चेसले हिमालयन चेस एकेडेमीलाई, कास्की जिल्ला बुद्धिचाल संघले पुल्चोक इन्जिनियरिङ क्याम्पस र महालक्ष्मी नगरपालिकाले पूर्वेली ब्रदर्शलाई पराजित गर्न सफल भयो। ललितपुरको कुमारी पाटी स्थित क्यास्पियन कलेजमा सञ्चालन हुने राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिप प्रतिस्पर्धाका विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, उपविजेता टिमले १ लाख, तृतीय हुनेले ६० हजार र चौथो हुनेले ४० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

पाँचौंदेखि सातौं सम्मका टिमले समान २० हजार तथा ब्यक्तिगत ५ उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पुरस्कार हात पार्ने भएका हुन् । प्रतियोगिताको बागमती प्रदेश सभासद रघुनाथ महर्जनले उद्घाटन गर्नुभएकाे थियाे।