Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


देशको सामु धेरै ठूला चुनौती खडा: अध्यक्ष दाहाल

संसदलाई प्रभावकारी बनाउने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन

156
Shares

काठमाडाैं। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिले देशको अगाडि धेरै चुनौतीहरु खडा भएको बताउनुभएको छ।

काठमाडौंमा आइतबार संसद सेवा दिवसको अवसर आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे। देशमा धेरै समस्या खडा भएको उल्लेख गर्दै त्यसलाई पार लगाउने जिम्मेवारी पूरा गर्न गम्भीर भएर लाग्नुपर्नेमा उहाँकाे जाेड छ। अध्यक्ष दाहालले संघीय संसद देशको मुख्य अंक मध्ये एक भएकाले यसले मुलुकको समस्यालाई हेरेर मात्रै बस्न नमिल्ने बताउनुभयो । उहाँले हरेक समस्या समाधानका लागि संघीय संसद सचिवालयले एकतावद्ध भएर सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभएकाे छ।

अध्यक्ष दाहालले संघीय संसदलाई प्रभावकारी बनाउने गरी काम गर्न पनि मातहतका कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।