Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


जेनजी आन्दोलन: आगजनी, लुटपाट र तोड्फोड इतिहासकै दुःखद् घटनाः पूर्वराष्ट्रपति भण्डारी


143
Shares

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोड्फोड इतिहासकै दुःखद् घटना भएको बताउनुभएको छ।

सिंहदरबारको वस्तुस्थिति अवलोकन गरेपश्चात आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले गत भदौ २४ गते सरकारी भवनहरुमा तोड्फोड, आगजनी र लुटपाट हुनु दुःखको कुरा भएको बताउनुभयो। उहाँले सिंहदरबारको स्थिति हेर्दा दुःख लागेको पनि बताउनुभएकाे छ। सरकारले छिटै उक्त भवनहरुको पुनःनिर्माण गरी पुरानै अवस्थामा ल्याउने विश्वास आफ्नो रहेको उहाँले बताउनुभयो।

तोड्फोड, आगजनी, लुटपाट नेपाली जनताका लागि दुःखद् घटना भएको बताउदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो घटना नेपालको इतिहासमा कहिल्यै नभएको र भविष्यमा पनि हुननहुने बताउनुभएकराे छ।