काठमाडाैं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण कुमार यादवले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ।
मुख्यमन्त्री यादवले आइतबार नेपाली कांग्रेस, जनमत पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीबाट १-१ जनालाई मन्त्रीमण्डलमा सहभागी गराएर मन्त्रीमण्डल विस्तार गर्नुभएको हो। जनमत पार्टीबाट मन्त्री बन्नुभएका महेश यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसका जंगीलाल राय र एकीकृत समाजवादीका कनिष पटेललाई बिना विभागीय मन्त्री बनाइएको हाे। नवनियुक्त ३ जना मन्त्रीहरुले आजै शपथ ग्रहण समेत गरेका छन्।
३ जना नवनियुक्त मन्त्रीहरुलाई प्रदेशप्रमुख डा. सुरेन्द्र लाभ कर्णले शपथ ग्रहण गराउनुभयो ।





प्रतिक्रिया दिनुहोस्