Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


किन बनिरहेको छैन चुनावी माहोल (भिडियाे रिपाेर्ट)


65
Shares

काठमाडौं ।

फागुन २१ को निर्वाचनका लागि अब तीन महिनाको समय बाँकी छ । दल दर्ता मतदाता नामावली संकलन लगायतका काम सकिएको छ । यसले प्राविधिक रुपमा निर्वाचन तयारीको काम भइरहेको संकेत गर्छ ।

सरकारको तर्फबाट दलसँगको छलफल समेत भएकै देखिन्छ । तर, दलभित्रको आन्तरिक विवाद, महाधिवेशन र जेन जी आन्दोलन पछि उत्पन्न भयबाट मुक्त हुन नसक्दा उनीहरु चुनावी तयारीमा लागको छैनन् । यसले प्रमुख दलहरुका कारण नै फागुन २१ को निर्वाचन हुनेमा संसय देखाएको छ ।

निर्वाचनको वातावरण बनाउनका लागि भन्दै शुक्रवार साँझ प्रधामन्त्री सुशीला कार्कीले राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखसँग छलफल गरिन ।

छलफलमा सवै क्षेत्रको तर्फबाट भइरहेको तयारीका सन्दर्भमा व्रिफिङ गरिएको थियो । निर्वाचन आयोगले कार्यतालिका अनुसार काम भइरहेको, सुरक्षा निकायले सुरक्षा दिन प्रतिवद्ध रहेको भनेर व्रिफिङ गरिरहदाँ सरकार निर्वाचनका लागि प्रतिवद्ध रहेको विषय दोहोरिएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीले यसरी सरकारले पटक पटक प्रतिवद्धता व्यक्त गरिरहेको र कार्यतालिका अनुसार नै निर्वाचन अयोगले काम गरिरहेको छ । मतदाता नामावली दर्ता देखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको काम समेत सकिएको छ । यति हुदाँ हुदै पनि दलहरुमा निर्वाचनको विषयलाई लिएर संसय कायम छ । जसले सरकारलाई पनि समयमा नै निर्वाचन नहुने हो की भन्ने भय देखिएको छ ।