Logo २० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025


चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य


91
Shares

काठमाडाैं । एनपीएल सिजन–२ मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १२१ रनको लक्ष्य दिएकाे छ ।

टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएकाे छ । चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन बनाए ।
अल्पेश रामजानी ३३, डेविड मलान ५, अर्जुन साउद १, रवि बोपारा १, सैफ जैइव १७, कप्तान कुशल मल्ल २३ रनमा आउट भए । कमलसिंह ऐरी २ रनमा अविजित रहे ।
बलिङमा पोखराका धनन्जय लक्षनले सर्वाधिक ३ विकेट लिएका छन् । विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एकएक विकेट लिएका छन् ।