काठमाडौं ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संकटमा पनि आफ्नो महानगरपालिकाले पूरा गर्नुपर्ने दायित्वबाट पछि नहटेको बताउनुभएको छ ।
शनिवार महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन ब्लक बीको उद्घाटन समारोहमा बोल्दै उहाँले सो दाबी गर्नुभएको हो ।
मेयर महर्जनले जेन–जी आन्दोलनको बेला पनि आगलागी लगायतका विपद व्यवस्थापनको काममा आफूहरुले ठूलो सफलता हात पारेको बताउनुभयो ।
उहाँले विपद् व्यवस्थाका लागि आफूहरुले आवश्यक सबै अवयवहरुको व्यवस्थापन एउटै छानामुनि गरेको र त्यसलाई अझ प्रभावकारी बनाउनका लागि छिट्टै थप २ वटा एम्बुलेन्स व्यवस्था गर्न लागिएको जानकारी समेत दिनुभयो । विपद व्यवस्थापनका लागि आफूहरुले दमकल निस्केपछि एम्बुलेन्स पनि सँगै लैजाने व्यवस्था गरिएको पनि मेयर महर्जनले बताउनुभयो ।
उहाँले भन्नुभयो, ललितपुर महानगरपालिकाले डिआरआर एउटै छानमुनि यसको व्यवस्थापन गरेका छौँ । दमकल, एम्बुलेन्स, शवबाहन, नगर प्रहरी र यसलाई चाहिने सबै कुराहरुको व्यवस्थापन त्यहाँ भित्र भएको छ । र, एक चुटकी बज्ने वित्तिकै नगरप्रहरीहरु गईहाल्छन । दमकल पुग्छ । हामीले एउटा नयाँ अभ्यास पनि गरेका छौँ । दमकल निस्केपछि एम्बुलेन्सले फलो गर्नैपर्छ । सोही सिष्टम हामीले राम्रोसँग चलाएका छौँ ।
यो भनेको हाम्रो पुल्चोकमा रहेको जुद्ध बारुण यन्त्रबाट हामीले डिआरआर । विपदका सबै अवयवहरुलाई त्यहाँ राखेर हामीले सेवा प्रवाह गरेका छौँ । यसको राम्रो नतिजा भनेको अस्तीको आन्दोलनमा पनि उहाँहरुले सुन्नुभएको होला ।
महानगरपालिकाले गर्नुपर्ने काममा हामी किञ्चित पनि कुनैपनि अवस्थामा हामी ब्याक भएका छैनौ । यसलाई अझै सृृदृढिकरण गर्दै लैजाने हाम्रो इच्छा छ । यसलाई अझ व्यवस्थित बनाउन हामी निकट भविष्यमै दुई वटा दमकल थप्न गईरहेका छौँ ।’
मेयर महर्जनले ललितपुरको नगर क्षेत्रलाई स्मार्ट सिटी बनाउने कामलाई आफूहरुले तिब्रताका साथ अघि बढाएको समेत बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्