Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


सुदूरपश्चिमले विराटनगरलाई दियाे १४८ रनको लक्ष्य


312
Shares

काठमाडाैं । सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाई १४७ रन बनाएको हो।

सुदूरपश्चिमका लागि आरिफ शेखले अविजित ४५ रन, इशान पाण्डेले ३८ रन, ओपनर जोश ब्राउनले २४ रन र कप्तान दीपेन्द्र सिंह ऐरीले १९ रन योगदान गरे। विराटनगरका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए।

दुवै टोली प्लेअफमा प्रवेश गरिसकेका छन्। सुदूरपश्चिमसँग पहिलो क्वालिफायर खेल्ने टोली निर्धारण गर्नेछ। विराटनगरले लक्ष्य १३ ओभरमै पूरा गर्न सके दोस्रो स्थानमा उक्लिनेछ, अन्यथा काठमाडौँ गोर्खाज दोस्रो स्थानमा रहनेछ।