Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


पोखरेलको चुनौतीले ओलीलाई तनाव ! (भिडियाे रिपाेर्ट)

महाधिवेशनले एमालेको आन्तरिक जीवनमा उथलपुथल ल्याउने सम्भावना

0
Shares

काठमाडाैं। नेकपा एमालेको ११ औं महाधिवेशन नजिकिदै गर्दा नेतृत्वको विषयले पार्टीभित्रको आन्तरिक राजनीति तताएको छ।

जेनजी आन्दोलन अघि तेस्रो कार्यकाल अध्यक्षका लागि अनुकूल विधान संसोधन गरेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत नहुने निश्चित जस्तै भएको हाे। पार्टीभित्र एकछत्र प्रभाव पार्ने प्रयासमा रहेका ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनौती टाउको दुखाई बनेको छ।

११ औं महाधिवेशनका लागि वर्तमान अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल अध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । दुवै तर्फबाट नेताको व्यवस्थापनका विषयमा समेत छलफल शुरु भएको छ। अहिले एमालेमा दुई थरि विषय चर्चाको केन्द्रमा देखिन्छ । पहिलो विधान महाधिवेशनबाट पदाधिकारी घटाउनेगरि लिएको निर्णयमा पुर्नविचार गर्ने, सहमतिको आधारमा नेतृत्व टुङग्याउने र दोस्रो दुई प्यानल नै बनेर जाने अनि चुनावी प्रतिस्पर्धा गर्ने याेजना रहेकाे हाे। यहि चर्चाकाबीच अध्यक्ष ओलीले सकेसम्म पदाधिकारीको संख्या बढाएर भएता पनि आफैं सर्वसम्मत अध्यक्ष हुने प्रयास शुरु गरेका छन् । सहमति हुने अवस्थामा प्राविधिक विषय मिलाउन कुनै समस्या नहुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतम बताउनुभयाे।

उता पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएर अगाडि बढेको समुहले समेत सहमतिको प्रयास भए त्यसमा समाहित हुन सकिने संकेत ओलीलाई दिएको देखिन्छ। नेतृत्व लिने भएपनि छाेड्ने भएता पनि त्यसलाई ओलीले नै निष्कर्षमा पुराउनु पर्ने धारणा नेता विनोद ढकालले बताउनुभयाे। संस्थापन इतर सहमतिका लागि तयार देखिए पनि सहमति नहुने अवस्थामा भने छुट्टै प्यानलसहित प्रतिस्पर्धामा जाने तयारी देखिन्छ। अहिले अध्यक्ष ओलीलाई तलदेखि माथिसम्म आफ्नै पक्षका नेताको व्यवस्थापन पनि टाउको दुखाई बनेको छ। कुनै एकलाई व्यवस्थापन गर्दा अर्कोले पोखरेल समुहलाई सहयोग गर्न सक्ने जोखिमको लेखाजोखा ओलीले गरिरहनुभएकाे छ।

त्यसैकारण पनि सहमति मै अगाडि बढ्ने विषय सहज भने छैन । अध्यक्षमा मात्रै होइन पदाधिकारीदेखि केन्द्रीय समितिसम्मै मिलाउनुपर्ने छ। त्यसका लागि अधिकांश आकांक्षी तयार छन्। उनीहरुले सबै पुराना मात्रै नभएर नयाँ अनुहारसहितको एमाले महाधिवेशन पछि बन्नुपर्ने एमाले पोलिटब्यूरो सदस्य ठाकुर गैरेले बताउनुभयाे। सहमति भए सहमति नभए प्यानलसहित अगाडि बढ्ने दुवै तर्फको तयारी छ। अहिले ओली पक्षधर नेताहरु धेरै नै पार्टी नेतृत्वमा निरन्तरताका लागि तीव्र तयारीमा छन् । नेतृत्वमा ओलीको विकल्प नभएकाे एमाले केन्द्रीय सदस्य सुनिता बराले बताउनुभएकाे छ।

एमाले अहिले यो पटकको मात्रै होइन १२ औं महाधिवेशनमा आफ्नो स्थान कहाँ हुने त भन्ने सम्मको तयारीमा नेताहरु लागेका छन् । जसका कारण पनि यो महाधिवेशनले एमालेको आन्तरिक जीवनमा धेरै नै उथलपुथल ल्याउने सम्भावना देखिन्छ।

भिडियाे रिपाेर्ट: