Logo १९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025


कांग्रेस मधेश प्रदेशका नेता यादव मुख्यमन्त्रीमा नियुक्त (पत्रसहित)

६ राजनीतिक दलका ७७ सांसदको समर्थन

611
Shares

काठमाडाैं। मधेश प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुत्त हुनुभएको छ।

६ दलीय गठबन्धनको सिफारिसमा शुक्रबार प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले यादवलाई मुख्यमन्त्रीमा नियुत्त गर्नुभएकको हो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री यादवलाई नियुक्त गरिएको छ। नेापली कांग्रेस, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतानित्र समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका ७७ जना सांसदको समर्थनमा उहाँ मुख्यमन्त्री बन्नुभएको हो।

संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्नुभएका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले राजीनामा दिएपछि मधेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको थियो । गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्क्री नियुत्त हुँदा सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

साेही रिटमाथि सनुवाइ गर्दै सर्वोच्च अदालतले गत मंसिर १५ गते २४ घण्टाभित्र तत्कालीन सरकारलाई विश्वासको मत लिन र लिन नसकेपछि संविधानको धारा १६८ को २ बमोजिम अर्को सरकार गठनको प्रक्रिया थाल्न परमादेश जारी गरेको थियो।