Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


क्यानका महानिर्देशक अधिकारीविरूद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्न नमिल्नेमा


6.4k
Shares

काठमाडाैं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा ‘हेर्न नमिल्ने’ मा परेपछि स्थगित भएको छ।

विशेष अदालतले शुक्रबारका लागि तोकेको थुनछेक बहस सकिएको भए पनि अघि बढ्न नसकेपछि अधिकारीविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दा आइतबारसम्मका लागि स्थगित गरेकाे हाे। न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र बिदुर कोइराला रहेको इजलास नम्बर–२ मा पेशी तोकिएको थियो । भ्रष्टाचारको अभियोग लागेका अधिकारीसँग न्यायाधीशको केही नाता सम्बन्ध वा अरु कुनै कारणले जोडिएको हुनाले मुद्दा ‘हेर्न नमिल्ने’ मा गएपछि स्थगित भएको हो।

भक्तपुरको नलिनचोक हेलिपोर्ट निर्माणका नाममा राज्यलाई १३ करोड ५७ लाख नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले अधिकारिविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अधिकारिमाथि बस्तिको जोखिम तथा हेलिकाेप्टर उडानका लागि आवश्यक कुनै पनि संरचना समेत भएको स्थानमा जबरजस्ती हेलिपोर्ट बनाएको आरोप लागेको छ।

विमानस्थल टावरसँग सम्पर्क हुन कठिन र उच्च सुरक्षा जोखिम रहेको भन्दै ४७ जना पाइलटले समेत हुँदैन भनेको स्थामा अधिकारीसहितका पदाधिकारीहरुले सरकारसँग पूर्वस्वीकृति समेत नलइकन हेलिपोर्ट बनाएको आरोप लागेको छ।