Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


सर्वपक्षीय बैठक बालुवाटारमा जारी

बैठकमा आगामी निर्वाचन तयारीकाे बारेमा छलफल

299
Shares

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले बोलाउनुभएको सर्वपक्षीय बैठक शुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सवपक्षीय बैठक शुरु भएको हो। बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन आयोगका पदाधिकारी, नेपाल, नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा, नेतृ पुष्पा भुसाल, नेकपा एमालेबाट महासचिव शंकर पोखरेल, नेता महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र सोविता गौतम लगायतका नेताहरुको उपस्थिति रहेको छ।

सर्वपक्षीय बैठकमा आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन तयारीकाे बारेमा छलफल भइरहेको हाे। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनबारे जानकारी गराउनुभएको छ ।