Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


एनपीएल क्रिकेटमा योजना अनुरूप नतिजा निस्कदा खुशी लाग्याे: भीम सार्की


0
Shares

काठमाडाैं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा स्पिनर शाहब आलमको उत्कृष्ट बलिङमा काठमाडाैं गोर्खाज प्लेअफमा प्रवेश गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे पहिलाे खेलमा काठमाडाैंले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेकाे हाे। याे जितसँगै काठमाडाैं १० अंकसहित प्लेअफमा पुगेको छ। प्लेअफमा पुगेपछि काठमाडाैंका भीम सार्कीले टिमको प्लानिङ अनुसार नतिजा पनि मैदानमा निस्किदा धेरै खुशी लागेको बताएका छन् ।

जितमा म्यान अफ दी म्याच भएका भीमले स्कोर बोर्डमा टिम कठिन अवस्थामा हुँदा जतिसक्दो रन बढाउनुपर्छ भनेर खेलेको र त्यहीं अनुरूप नतिजा पनि आउँदा खुशी लागेको बताएका हुन् । उनले जितको आधारमा साहब आलमको बलिङ, फिल्डिङ र बेन चाल्र्थवर्थको ब्याटिङ रहेको बताएका छन्। सालमसँगै आर्मीबाट खेल्ने गरेकाले उनको बलिङमा धेरै विश्वास लाग्ने गरेको उनी बताउँछन्।

शुरुका खेलमा कम्बिनेस त्यति राम्रो हुन नसक्दा कठिन भएको उनको बुझाइ छ। तर, अहिले टिम कम्बिनेसन राम्रो हुँदा आएको सार्की बताउँछन्। मोन्टी देसाईलाई घरेलु नेपाली खेलाडीकाे बारेमा राम्रोसँग जानकारी रहेको र त्यसले थप सजिलो भएको सार्कीले उल्लेख गरेका छन् ।

पोखरा एभेन्जर्सका धनञ्जय लक्षणले पहिलो १० ओभरमा राम्रो ब्याटिङ गर्न नसक्दा जित्नैपर्ने खेलमा असफल भएको बताएका छन् । काठमाडाैं गोर्खाजसँगको हारपछि पोखराका श्रीलंकन खेलाडी धनन्जयले ब्याटिङका लागि पिच राम्रो भए पनि पहिलो १० ओभरमा राम्रो गर्न नसकिएको बताएका हुन् । शीर्ष क्रमका ब्याटरले राम्रो गर्न नसकेको उनको भनाइ थियो।

धनन्जयले लक्ष्य भेटाउन खालको रहेको र एक समय जितनजिक पनि पुगेको बताएका छन् । उनले पोखरा राम्रो टोली रहेको पनि उल्लेख गरेका हुन् । आगामी खेलमा जित निकाल्ने उनले आशा पनि गरेका हुन् । धेरै राम्रो समर्थकबीच खेल्न रमाइलो भएको उनले प्रतिक्रिया दिएका छन्।