Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


एनपीएल क्रिकेटमा काठमाडाैं गोर्खाज प्लेअफमा प्रवेश

पोखरा एभेन्जर्स भने १३ रनले पराजित

286
Shares

काठमाडौं। जारी दाेस्राे संस्करणकाे सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा स्पिनर शाहब आलमको उत्कृष्ट बलिङमा काठमाडाैं गोर्खाज प्लेअफमा प्रवेश गरेकाे छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएकाे पहिलाे खेलमा काठमाडाैंले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेकाे हाे। याे जितसँगै काठमाडाैं १० अंकसहित प्लेअफमा पुगेको छ। काठमाडाैंलाई प्लेअफमा पुर्‍याउने क्रममा स्पिनर आलमले अन्तिम ओभरमा ह्याट्रिकसहित ४ विकेट लिएका थिए। खेलमा उनले कुल ६ विकेट लिएका हुन्। जारी सिजनको एकै खेलमा ६ विकेट लिने आलमले पहिलो बलर बन्न पुगेका थिए।

यता हारसँगै अन्तिम खेलअघि ४ अंक जोडेको पोखरा लिग चरणबाटै बाहिरिने संघारमा पुगेको छ।काठमाडाैंले दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको पोखरा १ सय ५२ रनमा अलआउट हुन पुगेकाे हाे।