Logo १७ मंसिर २०८२, बुधबार | Wed Dec 3 2025


महालक्ष्मी नगरपालिकाद्वारा अपांगता व्यक्तिलाई न्यानो कपडा वितरण


0
Shares

ललितपुर। ललितपुरको महालक्ष्मी नगरपालिकाले ३४ औं अन्तर्राष्ट्रिय अपांगता दिवसको अवसरमा न्यानो कपडा वितरण गरेको छ।

नगरपालिकाले साेही दिवसको अवसरमा बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरभित्र बसोबास गरिरहेका अपांगता भएका सबै व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो। नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनले उनीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको थियो। यसैगरी सोही अवसरमा नगरपालिकाभित्र रहेर अपांगता क्षेत्रमा काम गरिरहेका विभिन्न संघ संस्थालाई सम्मान पनि गरिएको थियो। उहाँले अपांगता भएका व्यक्तिमाथिको विभेद अन्त्यका सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिनुभएकाे छ।

यस पटकको दिवसको नारा ‘अपांगता समावेशी समाजको प्रवर्धन–सामाजिक उन्नतिको सम्बर्धन’ भन्ने रहेको छ। अपांगता भएका व्यक्तिहरूको अधिकार प्रवद्र्धनका लागि संयुक्त राष्ट्रसंघको पहलमा सन १९९२ देखि प्रत्येक वर्ष डिसेम्बर ३ तारिखका दिन अपांगता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन प्रारम्भ भएको हो।