Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


सरकारको बजेट बचाएर अर्थमन्त्री-सचिवले आफ्नो कम्पनीमा लगानी गरे भन्नु गलत: अर्थमन्त्री खनाल


468
Shares

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले वर्तमान व्यवस्थामा कुनै पनि मन्त्री र कर्मचारीले सरकारको बजेट बचाएर आफ्नो प्राइभेट कम्पनीमा जम्मा गर्नै नसक्ने बताउनुभएको छ।

राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बुधबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उहाँले यस्ताे बताउनुभएकाे हाे। सरकारी बजेट बचाएर अर्थमन्त्री र सचिवहरुले आफ्नो निजी कम्पनीमा लगानी गरेको भन्ने आरोपको उहाँले खण्डन गर्नुभयाे। उहाँले एउटा जिम्मेवार निकायमा बसेको करदाताको जिम्मा लिएको व्यक्तिले त्यस्तो हिम्मत नगर्ने समेत बताउनुभएकाे छ।

अर्थमन्त्री खनालले पछिल्लो समय गलत सूचनाहरुको बाढी नै आएकाले त्यस्तोमा सांसदहरुलाई विश्वास नगर्न आग्रह गर्नुभयो।