Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


एमाले जेनजी पुस्ताको वास्तविक नेता होः उपाध्यक्ष पौडेल


234
Shares

काठमाडाैं। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको वास्तविक नेता आफ्नो पार्टी भएको दावी गर्नुभएको छ।

प्रेस चौतारी नेपालले काठमाडौंमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकांक्षा र अपेक्षाका विरुद्ध कहिल्यै नरहेको र नरहने समेत स्पष्ट पार्नुभयो। एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उहाँको भनाइ थियो । एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको उहाँकाे जिकिर छ।

उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताउनुभयो।